काठमाडौँ — भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई बिहीबार नेपाल आएका छन्। उनी साँझ नेपाल आएका हुन् । उनलाई वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले नेपालमा स्वागत गरिन् । गवई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको निमन्त्रणामा नेपाल आएका हुन्। नेपालमा रहँदा उनी ‘नेपाल–इण्डिया ज्युडिसियल डाइलग’मा सहभागी हुनेछन् । डाइलग दुई दिन चल्ने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । यससँगै पशुपतिनाथ, पाटन र लुम्बिनी भ्रमण गर्ने पनि उनको तालिका छ।
गवईले २०२५ मे १४ मा भारतको ५२औँ प्रधानन्यायाधीशको रूपमा शपथ लिएका थिए । यसअघि भारतका तत्कालीन प्रधानन्यायाधीश डीवाई चन्द्रचूड पनि तीन दिने औपचारिक भ्रमणका लागि सन् २०२४ को मेमा नेपाल आएका थिए ।

