काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि अनुपस्थित भएका छन् ।महामन्त्री डा.धवलशमसेर राणा पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर बहिष्कार गर्ने पूर्व जानकारी दिएका थिए । राणा पक्षका नेताहरु कार्यसम्पादन समितिमा उपस्थित भएनन् बैठकमा वरिष्ठ उपाध्यक्ष मिश्र पक्षका नेताहरु पनि सहभागी भएनन् । ५२ सदस्यीय कार्यसम्पादनमा मिश्र पक्षका सात जना छन् । पार्टी अध्यक्षको शैलीप्रति लक्षित गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले बैठक सकिए लगत्तै सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन् ।
प्रजातन्त्र÷लोकतन्त्रमा पार्टी नबनि देश बन्दैन नबन्ने उल्लेख गर्दै मिश्रले पार्टी बनिदेओस् भन्ने एकमात्र कामना गरेको बताएका छन् पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता गुमाउँदै गएर सबै पार्टीको विश्वसनीयतामा अत्यधिक ह्रास आउनु ठूलो चिन्ताको विषय हो,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् । राप्रपाका नेताहरुको दाबी अनुसार कार्यसम्पादन समितिमा बहुमत सदस्य अनुपस्थित थिए । राप्रपाका एक नेताले भने,‘मुख्य सचिव र स्थायी आमन्त्रित समेत गरेर २२ जना बैठकमा सहभागी थिए । बहुमत सदस्यले बैठक बहिष्कार गरे ।’
ADVERTISEMENT

