विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गर्दा ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसहित सबै सेवा सुरू गरेको छ ।जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय आगजनी भएको थियो । एक महिनापछि सबै सेवा सुरू गरेको हो ।राहदानी र नागरिकताको सेवा आगजनीबाट जलेको कार्यालय मर्मत गरी सुरु गरेको हो । राष्ट्रिय परिचय पत्रका लागि छुट्टै अस्थायी संरचना तयार गरि सुरु गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।उनका मंगलबारबाट राहदानी र राष्ट्रिय परिचयपत्र वितरणको सेवा सुरु भएको हो । राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक भने बिहान ७ बजेबाट साँझ ७ बजेसम्म सञ्चालन भइरहेकाे छ ।
२४ भदाैमा अराजक समूहले आगजनी गर्दा जिल्ला प्रशासन कार्यालय मोरङमा २०४८ देखि २०८२ सालसम्मका नागरिकताका अभिलेख जलेको थियाे । २०४८ सालभन्दा अगाडिका अभिलेखहरू भने सुरक्षित छन्, ती अभिलेख फरक कोठामा राखिएको थियो, जुन आगोबाट जोगिएको थियो ।२०७४ सालपछि केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत सफ्टवेयरमा प्रविष्ट गरेर नागरिकता वितरण हुँदै आएको छ । २०७४ पछि नयाँ नागरिकता लिएका र २०७४ सालयता प्रतिलिपि बनाउन आउने व्यक्तिहरूको रेकर्ड सफ्टवेयरमा सुरक्षित छ । पुराना अभिलेख पनि केही सफ्टवेयरमा इन्ट्री भएको थियो । ती पनि सुरक्षित छन् ।
सफ्टवेयरमा इन्ट्री नभएकाकाे हकमा समस्या छ । जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार अभिलेख नभएका कारण गलत व्यक्तिले नागरिकता लिनसक्ने जोखिम उच्च छ ।कसैले मिलेमतोमा वडाबाट गलत सिफारिस लिएर आयो भने क्रस भेरिफाइमा समस्या हुन्छ, किनकि हामीसँग अभिलेख छैन,’ प्रशासन कार्यालय स्रोतले भन्यो,‘ सीमावर्ती जिल्ला भएका कारण जोखिम छ ।’प्रमुख जिल्ला अधिकारी यादव अभिलेख कायम गरेर नयाँ नागरिकता वितरण हुने बताउँछन् ।जसको अनलाइनमा छ त्यहाँ हेर्छाैं, अनलाइनमा नरहेका हकमा अरु प्रमाण हेरेर अभिलेख कायम गरेर दिनुपर्ने हुन्छ,’ उनले भने,‘ सिस्टममा नभएकाको हकमा समस्या छ ।अभिलेख जलेका कारण नागरिकता सेवामा जटिलता बढाएको बताउँदै उनले थप कागजात माग गर्नुपर्ने अवस्था रहेको बताए ।
ADVERTISEMENT

