काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई जिल्लाका एसपी (प्रहरी उपरीक्षक)हरूको हेरफेर गरेको छ ।मधेश प्रदेशका धनुषा र रौतहटका एसपीहरूलाई हेरफेर गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा नयाँ एसपीको रुपमा रुगम कुवँरलाई पठाइएको छ । कुँवर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए ।
यसअघि करिब ६ महिनादेखि धनुषाको एसपीको रूपमा नरहरि रेग्मी थिए ।त्यस्तै रौततहटका एसपी नेत्रमणि गिरीको ठाउँमा पनि नयाँ एसपी रवीन कार्कीलाई पठाइएको छ । कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत थिए ।