एक्टिङ स्टार सिजन-१’ की विजेता नविना रानाभाटलाई नेपालगन्जमा भव्य स्वागत
zeenepal
२०८२ कार्तिक १,
9
Shares
नेपालगन्ज, बाँके – चर्चित रियालिटी शो एक्टिङ स्टार सिजन–१ की विजेता नविना रानाभाटलाई शुक्रबार बिहान नेपालगन्जमा भव्य स्वागत गरिएको छ । उपाधि जितेपछि पहिलो पटक आफ्नो गृहनगर फर्किएकी रानाभाटलाई नेपालगन्ज विमानस्थलमा स्थानीय कलाकार, नागरिक अगुवा तथा शुभचिन्तकहरूले आत्मीय स्वागत गरेका हुन्। बाँके कला केन्द्रको संयोजनमा आयोजित स्वागत कार्यक्रममा नेपालगन्जका विविध सांस्कृतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विमानस्थलमै आयोजित छोटो कार्यक्रमपछि रानाभाटलाई खुल्ला गाडीमा नगर परिक्रमा गराउँदै नेपालगन्ज बजार घुमाइएको थियो ।नगरवासीहरूले फूलमाला र उत्साहजनक स्वागतमार्फत उनीप्रति गर्व र खुशी प्रकट गरेका थिए। उदीयमान कलाकार नविना रानाभाटले 'एक्टिङ स्टार' मा उत्कृष्ट अभिनय क्षमता प्रदर्शन गर्दै उपाधि हात पारेकी थिइन्। उनको सफलतालाई स्थानीयस्तरमा प्रेरणाको स्रोतको रूपमा हेरिएको छ। स्थानीय कलाकार तथा आयोजकहरूले नविनाको सफलता सम्पूर्ण बाँकेबासीको गौरव भएको जनाउँदै आगामी दिनमा अझ उच्च सफलताको शुभकामना व्यक्त गरेका छन्।