काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस् भन्ने कुरामा सरकार सचेत रहेको बताएका छन् ।राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो सङ्कट आउन नदिन सङ्घ, प्रदेश, स्थानीय सरकार र सम्बद्ध सबै पक्षको सहकार्य, प्रतिबद्धता र समर्पणको खाँचो समेत औँल्याए ।
उनले शीत लहर र हिमपातका कारण सङ्कटमा परेका समुदाय केन्द्रित पूर्वतयारी र प्रतिकार्य गर्न पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिए । गृहमन्त्री अर्यालले भने, ‘संकटमा रहेका वर्ग, क्षेत्र र समुदाय केन्द्रित पूर्व तयारी तथा प्रतिकार्य गर्न जिम्मेवार सबै निकायलाई निर्देश गर्दछु । शीत लहर र हिमपातका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस्, देशको चालु विकास प्रक्रिया अवरुद्ध नहोस् । यसका लागि सङ्घ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, दातृ संस्था र नागरिक समाज सबैको सहकार्य, प्रतिबद्धता र समर्पणको अपेक्षा गरेको छु ।गृहमन्त्री अर्यालले हिमपातले देशको चालु विकास प्रक्रिया समेत अवरुद्ध हुने अवस्था आउन दिन नहुने पनि बताए ।
ADVERTISEMENT

