
नेपालगञ्ज, कार्तिक । नेपालगञ्ज, त्रिवुवनचोक ग्लोबल आईएमई बैंक नेपालगञ्ज शाखाले आफ्नो नयाँ भवनमार्फत सेवा सञ्चालन प्रारम्भ गरेको छ। करीब १७ वर्षदेखि निरन्तर रूपमा ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको बैंकले आधुनिक, सुरक्षित र ग्राहक–मैत्री संरचना सहित नयाँ भवनबाट सेवा विस्तार गरेको जनाएको छ।
नयाँ भवन उद्घाटन तथा सेवा सञ्चालन कार्यक्रमका अवसरमा नेपालगञ्ज क्लस्टर प्रमुख ईश्वरी प्रसाद जोशी, ऋण प्रबन्धक रत्न बहादुर खड्का,अपरेशन युनिट प्रमुख सुदीप राज भण्डारी, त्रिभुवनचोक शाखा प्रबन्धक निमेश पुरी, पुष्पलाल चोक शाखा प्रबन्धक मुकुन्द प्रसाद भट्ट र धम्बोझी शाखा प्रबन्धक डिल्लीराज भुसालको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै क्लस्टर प्रमुख जोशीले बैंकले स्थानीय समुदायलाई दीर्घकालीन, पारदर्शी र सहज बैंकिङ सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै नयाँ भवनबाट अझ प्रभावकारी सेवा उपलब्ध गराइने विश्वास व्यक्त गरे। बैंकका अनुसार, नयाँ कार्यालय भवनमा अत्याधुनिक सेवा सुविधा, सहज पहुँच, पार्किङ र ग्राहक सेवामा सुधार हुने व्यवस्था गरिएको छ।


