काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सन्तोष परियारले राष्ट्रिय संकट समाधानका लागि सामूहिक पहल नगरै देश थप संकटमा फस्न सक्ने बताएका छन् । राष्ट्रिय सभा गृहमा आइतबार आयोजित एकता घोषणा सभामा बोल्दै परियारले देशलाई बचाउन सामूहिक पहल गर्नुपर्नेमा जोड दिए ।‘लामो समयदेखि बहुदलीय प्रजातन्त्र र गणतन्त्रका लागि सङ्घर्ष गर्यौँ । हामीसँग अहिले चारवटा संकट छ ।
पहिलो राष्ट्रियताको संकट छ । जेनजी विद्रोहपछि राष्ट्रियता ठुलो संकट देखिन्छ । दोस्रो लोकतन्त्रमाथि संकट छ । संविधान प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा छ । अर्को संविधानमाथि पनि धेरै संकट छ । मुर्झाएको छ । यसको संरक्षण गर्नु आवश्यक छ । चौथो आर्थिक संकट गहिरिएको छ । संकटपूर्ण घडीमा हामीले सामूहिक बुद्धिमत्ता अपनाएनौँ भने यो देश थप संकटमा पर्न सक्छ’, उनले भने ।
सरकार र नागरिकबिच विश्वासको संकट गरिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले आफ्नो पुस्ताको सबैभन्दा ठुलो चुनौती राज्यको गुमेको विश्वास फर्काउने रहेको बताए ।राष्ट्रिय संकट समाधानका लागि नेसपा (नयाँ शक्ति प्रगतिशील राष्ट्रिय अभियानसहित एकता भएर लोकतान्त्रिक पार्टी घोषणा गर्न लागिएको परियाले जिकिर गरे । संकटको घडीमा सबै वामपन्थी र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा आउन उनले आग्रह गरे ।
ADVERTISEMENT

