बाँके —राप्तिसोनारी गाउँपालिकाको सभाहलमा शुक्रबार हुलाक सेवाको वर्तमान अवस्था, समस्या र सुधारका उपायहरूबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम राप्तिसोनारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष प्रमुख आतिथ्यता तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका शाखा प्रमुखहरू, वडा सदस्यहरू, वडा सचिवहरू, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, स्थानीय सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मीहरू लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अन्तरक्रियाका क्रममा स्थानीय तहमा हुलाक सेवाको पहुँच, सेवाग्राहीले भोग्दै आएका समस्या, सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र विश्वसनीय बनाउने उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले हुलाक सेवालाई समयसापेक्ष र जनमैत्री बनाउन आवश्यक सुझाव तथा धारणा प्रस्तुत गरेका थिए। कार्यक्रमले स्थानीय तह, हुलाक सेवा प्रदायक तथा सरोकारवालाबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

