काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी बैठकबाट भएको विधान संशोधनको निर्णयप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै पाण्डेले विधान अधिवेशनको औचित्य नै समाप्त पार्ने काम भएको हो ? भन्दै प्रश्न समेत गरेका छन् ।‘के हाम्रा विधानहरू अस्थायी हुन् र? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने–यो सरासर मनपरी होइन भने के हो ?,’ पाण्डेले सोधेका छन् ।
उनले पार्टीको यो निर्णय मनपरीतन्त्र भएको भन्दै त्यसविरुद्धको लडाइँ जारी रहेको पनि बताए ।अहिले आएर दाँया–बाँया गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ । यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ । पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ,’ उनले भनेका छन् ।
एमालेको दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधनको निर्णय गरेको हो । त भदौमा मात्रै भएको विधान अधिवेशनबाट पदाधिकारी संख्या १५ र केन्द्रीय कमिटी २५१ रहनेगरी निर्णय भएको थियो । यद्यपि उक्त निर्णय यथावत् राख्ने बताएको एमालेले अन्तिम समयमा संशोधन हुन लागेको हो ।

