काठमाडौँ नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मा शुक्रबार शपथ तथा पदभार ग्रहण गरेका छन् । शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्रमन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका हुन् ।राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा शर्माले शपथ लिएका हुन् ।शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख संवैधानिक अंगका प्रमुखको सहभागिता थियो ।
शपथ ग्रहण लगत्तै मन्त्री शर्माले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गरेका थिए ।नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका निर्वाह गरेका थिए । संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालिसकेका शर्मा प्रतिरक्षा विश्वविद्यालयको अध्यक्ष पनि हुन् ।परराष्ट्रमन्त्रीमा शर्मालाई नियुक्त गरेसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १५ सदस्यीय भएको छ ।
ADVERTISEMENT

