काठमाडौँ । नेकपा संयुक्त निकट विद्यार्थीहरूले नरेश न्यौपानेको नेतृत्वमा ५१ सदस्यीय अखिल नेपाल विद्यार्थी फेडेरेशन आयोजक कमिटी गठन गरेका छन् । शनिबार भएको भेलाले न्यौपानेको नेतृत्वमा ५१ सदस्यीय अखिल नेपाल विद्यार्थी फेडेरेसन आयोजक कमिटी गठन गरेको हो ।हामीले नेपाली विद्यार्थी आन्दोलनको सङ्घर्षपूर्ण अर्थात् स्थापनाकालको साझा नाम “अखिल नेपाल विद्यार्थी फेडेरेशन“ को नामबाट विद्यमान विद्यार्थी आन्दोलनलाई नयाँ गतिका साथ अघि बढाउने योजना बनाएका छौँ’ संयोजक न्यौपानेको भनाइ छ ।
नेकपा संयुक्तका सङ्गठन विभाग प्रमुख डा. विजयकुमार पौडेल, नेताहरू केदार शर्मा, लगायतको उपस्थितिमा सम्पन्न भेलाले आठै प्रदेशमा संयोजक र सहसंयोजक पनि तोकेको छ ।देशव्यापी सङ्गठन विस्तारका निम्ति ५१ सदस्यीय सम्मेलन आयोजक कमिटी निर्माण गरिएको छ । माघ मसान्तभित्र वास्तविक विद्यार्थीका बिचमा आवश्यक उमेर हद कायम गरेर राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिएको हो’, न्यौपानेको भनाइ छ ।फेडेरेशनले नेपालको समग्र शिक्षा प्रणालीमा देखिएका विकृति विरुद्ध चरणबद्ध खबरदारी सुरु गर्ने तथा सामाजिक न्यायका सवालहरूमा सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने बताइएको छ ।
ADVERTISEMENT

