काठमाडौं ।सप्तरीको कन्चनरुप नगरपालिकामा पाँच जना अति विपन्न मधेसी दलितहरुको मृत्यु भएपछि मधेशी आयोगले ध्यानाकर्षण भएको जनाएको छ । उपचारकै अभावमा उनीहरूको मृत्यु भएको घटनाबारे अनुगमनका लागि आयोगले एक अनुगमन टोली पठाउने भएको छ ।
आयोगकी उपसचिव सबिता डंगोलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यले हरेक नागरिकको उपचारको ग्यारेन्टी गरेपनि वर्षेनी हुने यस्ता घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छन् ।