काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा पार्टी सभापति शेरबहादुर देउवानिकट मानिएका नेताहरू पनि खुल्न थालेका छन् । केही नेताहरू विशेषको पक्षमा खुलिरहेका छन् भने केही नेताहरू विशेष महाधिवेशन उद्घाटन स्थल भृकुटीमण्डप पुगेका छन् ।
उद्घाटन समारोहमा अहिलेसम्म देउवासमूहका नेताहरू उदयशमशेर राणा, विनोद चौधरी, डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, अब्जुल सतार, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, नानु बास्तोल, योगेन्द्र चौधरी, भरत शाहलगायतको नाम वाचन गरिएको छ ।
ADVERTISEMENT

