नेपालगञ्ज : नेपालगञ्जमा बसोबास गर्दै आएका मिथिला भाषीहरुको साझा सस्था मिथिला सेवा सामाजले स्थापना दिवश तथा माघे सक्रान्ती (तिलासकरात) कार्यक्रम सम्पन्न गरेको छ ।समाजका अगूवा भरत महतोले नेपालगञ्जमा बसोबास गर्दै आउनु भएका मिथिला भाषा बोल्नेहरुलाई एउटै छानामुनी एकताबद्ध गर्दै सामाजिक आर्थक र सास्कृतीक लागागतको क्षेत्रमा क्रियाशिल रहेकालाई एकजुट पार्ने उदेश्यले प्रत्येक वर्ष आजकै दिन कार्यक्रमको आयाजना गर्ने गरिएको जानकारी दिए ।
मिथिला भाषा बोल्नेहरु बाँकेमा व्यवसाय सञ्चालन गर्ने, शिक्षण पेशा गर्ने, सुरक्षा निकायमा स्वास्थ्य तथा निजामति लागायतको शेवामा कार्यारत रही बाँकेमै बसोबास गर्नेहरु करिब १ हजार घरधुरी रहेका छन ।मिथिला संस्कृतीको संरक्षण गर्ने साथै विभिन्न समाजिक कार्यमा योगदान दिएका करिव १ सय भन्दा बढीलाई खादा मालाले सम्मान गरिएको थियो । तिलको लड्डु चाकु तरुल लगायतको खानेकुराका साथै मिथिलाको सभ्यता झल्की विभिन्न सास्कृतीक कार्यक्रम प्रस्तुती रहेको थियो ।

