
संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगहरूलाई व्यवहारमा नै स्वतन्त्र र निष्पक्ष बनाउनुपर्ने लामिछानेको भनाइ थियो । 'आयोगलाई नाममा मात्रै होइन काममा पनि स्वतन्त्र र निष्पक्ष बनाउ भन्ने अपील संसद्मा राख्न चाहन्छु,' उनले भने, 'आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गर्न सकेको भए झनै राम्रो हुने थियो ।संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्य सम्पादनका क्रममा आयोग चनाखो बन्नुपर्ने लामिछानेको भनाइ थियो । मेलमिलापका लागि पीडक पक्षले पीडितलाई दबाब र प्रभावमा राख्ने खतरा जहिले पनि कायम रहने कुरामा पनि ख्याल राख्नुपर्ने उनले सुझाए ।
पीडितलाई न्याय पाउँछु र पीडकलाई उन्मुक्ति हुन्न भन्ने सुनिश्चित हुनुपर्ने लामिछानेको भनाइ थियो । संक्रमणकालीन न्याय आन्तरिक मामिला हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय चासोको मामिला भएको कुरालाई ध्यानमा राखेर काम गर्नुपर्ने लामिछानेको भनाइ थियो ।सरकारले आगामी दिनमा बन्ने आयोगलाई काममा सहयोग गर्नुपर्ने लामिछानेको भनाइ थियो । राजनीतिक इमानदारिता राखेर संक्रमणकालीन न्याय निरुपणमा लाग्नुपर्ने र त्यसमा पार्टीको सधै सकरात्मक सहयोग रहने लामिछानेले बताए ।