नेपालगञ्ज । नेपालगञ्जमा 'टुर डे ठाकुरद्वारा' (चलि ठाकुरद्वारा) को सचिवालय स्थापना गरिएको छ । नेपालगञ्ज वीपी चोक नजिक स्थापना गरिएको सचिवालयको आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे ।मेयर विष्टले नेपालगञ्जलाई वातावरणमैत्री नगर बनाउन साइक्लिङ्ग अभियान महत्त्वपूर्ण रहने बताए । खेलकुदको विकास भएपछि मात्र समाज र राष्ट्र स्वस्थ रहने उनले बताए
आयोजक नेपालगञ्ज साइक्लिङ्ग क्लबका अध्यक्ष कविराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा 'टुर डे ठाकुरद्वारा' का संयोजक प्रदिप सापकोटाले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए ।कार्यक्रममा नेपाल र तेस्रो मुलुकबाट करीब तीन सय जना साइक्लिष्टहरूको सहभागिता रहने उनले जानकारी दिए । उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव बिजयेन्द्र जिसीले गरेका थिए । आगामी फागुन ७ देखि ९ गतेसम्म 'टुर डे ठाकुरद्वारा' हुँदैछ । नेपालगञ्ज साइक्लिङ्ग क्लबले प्रत्येक बर्ष यो इभेन्ट आयोजना गर्दै आएको छ ।
ADVERTISEMENT

