काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले संविधानलाई सही दिशामा लैजाने एकमात्र उपाय निष्पक्ष निर्वाचन भएको बताएका छन् ।मंगलबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सबै राजनितिक दलहरूको चाहाना अनुरुप नै देश निर्वाचनमा होमिएको बताए । निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरूले भने अन्तिम समयमा जिम्मेवारी छाडेर भागेको उनको आरोप थियो ।अब यो निर्वाचनमा होमिँदैगर्दा म एउटा गम्भिर नैतिक प्रश्न पनि बोकेर यहाँ उभिएको छु निर्वाचन गर्न जिम्मेवारी बोकेका मन्त्रिमण्डलका मन्त्री महोदयहरू मैदान छाडेर भाग्नुभयो ।
अन्तिम कालमा मैदान छाडेर भाग्नुभएको छ । विस्तारै पर्दा खोलिँदैछ हिजोको आन्दोलनको र अबको दिनका पर्दाहरू अझ भोलि खोलिँदै जालान्,उनले भने,मन्त्रीहरू आ–आफ्नो पार्टी र ओडार खोज्दै निर्वाचनमा हिँडिसक्नु भएको छ । यसबाट के बुझिन्छ ? हिजो मन्त्री पदमा बस्ने शपथ खाने निर्वाचन गर्ने अभिभारा बोक्ने, तर निर्वाचन हुनुभन्दा पहिला नै त्यहाँबाट भाग्ने ? अब कस्तो निष्पक्ष चुनाव गराउने ? हामी अनुमान गरौँ ।
मन्त्री पदमा बस्दा दिएका उहाँहरूका सत्ता शक्ति गाडी घोडा त्यसको दुरुपयोग गरेर आफू चुनाव लड्ने क्षेत्रमा प्रयोग भयो की भएन होला ? अनि त्यसबाट निष्पक्ष चुनाव होला ? हामीले शंका गर्ने ठाउँ रहन्छ ।मन्त्रीहरू नै पदबाट हटेर चुनाव लड्न हिँड्नुले निष्पक्ष चुनाव हुनेमा शंका पैदा भएको पनि उनको भनाइ थियो । राजीनामा दिएर चुनाव लड्न पाउने उहाँहरूको अधिकार हो तर नैतिक प्रश्न आज उठेको छ । यो नैतिक प्रश्नको जवाफ जनताले चुनावी मैदानमा दिने नै छन्,’ उनले भने ।

