राजा नभएको भए प्रचण्ड हुँदैन थिए : केशरबहादुर विष्ट
zeenepal
२०८२ बैशाख १५,
12
Shares
काठमाडौं । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष एवं पञ्चायतकालीन नेता केशरबहादुर विष्टले देशमा राजा नभएको भए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नहुने टिप्पणी गरेका छन् ।सोमबार रत्नपार्कस्थित शान्तिवाटीकामा राप्रपा नेपालले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।राजा नभएको भए प्रचण्ड हुँदैन थियो । यो ख्याल गर्नू,’ विष्टले चेतावनी दिँदै भने, ‘यिनले जस्तो जहाँ पायो त्यहीँ मान्छे मारेर हिँड्ने राजा होइन ।
उनले जनयुद्धको बेलामा नेपाली सेनाले प्रचण्डलाई उनी हिँडेको एक घण्टापछि मात्रै घरमा बम पड्काउएकै कारण पटक पटक जोगिएको समेत उल्लेख गरे ।सेनाले ऊ (प्रचण्ड) बसेको घरमा बम हान्दो रहेछ । ठिक्क प्रचण्डले घर छाडेर हिँडेको एक घण्टामा बम पड्काउँदो रहेछ,’ विष्टले भने, ‘अर्को घर पनि छाडेको एक घण्टापछि पड्काउँदो रहेछ । यो आर्मी पनि बडो खेलाडी, बेलामा नहान्ने, हिँडेपछि हत्तेरी मिस भयो भन्ने ।’उनले यस्तै कारणबाट प्रचण्ड बाँचेको भन्दै ख्याल गर्न चुनौती दिए । ‘यस्तै हत्तेरी मिस भयो भनेर बाँचेको प्रचण्ड, ख्याल गर्नू,’ विष्टले भने ।