जनकपुरधाम २० असार । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।अर्थमन्त्री शैलेन्द्र साहले आफ्नो गृह जिल्ला सप्तरीमा अवैधानिक तरिकाले २० करोड रुपैयाँ दिएको भन्दै लोसपाका सांसदले बैठक अवरुद्ध गरेका हुन् ।बैठक सुरु हुनासाथ लोसपा सांसद परमेश्वर साहले सप्तरीमा विनियोजन गरेको २० करोड रुपैयाँबारे जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका थिए । यसपछि सभामुख सरोज यादवले अर्थ मन्त्री साहलार्ई जवाफ दिन भनेपछि साहले प्रकृया पु¥याएर नै आफूले बजेट दिएको बताए ।
उनले सप्तरीका बासिन्दा बाढीको चपेटामा रहेकाले त्यसबाट बचाउन आफूले बजेट दिएको बताए । सप्तरीको सिंचाइ कार्यालयले माग गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय बमोजिम यो बजेट उपलब्ध गराइएको उनले दाबी गरे ।
उनले कार्य सम्पन्न गर्दै गएपछि अपुग हुने बजेट अर्थ मन्त्रालयले व्यवस्थापन गर्ने भनिएकाले अपुग भएको रकम प्रकृया पु¥याएर नै दिइएको बताए ।तर लोसपा सांसद साहले मन्त्रीको भनाइ चित्त बुझ्दो नभएकाले बैठक अवरुद्ध गर्ने बताए । उनले यसबारे छानबिन गर्न संसदीय समिति नबनाइएसम्म बैठक अवरुद्ध गर्ने बताए । १ असारमा बजेट प्रस्तुत भएपछि प्रदेश सभा बैठक अवरुद हुँदै आएको छ ।