बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मतगणना जारी छ । सुरुवाती मतगणनामा रास्वपाका शोम शर्माले अग्रता लिएका छन् । शर्माले ४१६ मत ल्याएका छन् भने कांग्रेसका टेकराज पौडेलले २७७ मत, नेकपाबाट ज्ञामनाथ गैरे अनिलले १३६ मत र नेकपा एमालेकी मञ्जु शर्माले ४९ मत ल्याएका छन् । ४९ मतदान स्थलको छुट्टाछुट्टै मतपरिणम आउनेगरी गणना भइरहेको र दुई ठाउँमा मतगणना भइरहेको सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए ।
ADVERTISEMENT

