बेइजिङ । चीनको बेइजिङस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवस मनाइएको छ । सेना दिवसको अवसर पारेर बिहीबार साँझ विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा जनमुक्ति सेना सैन्य विज्ञान प्रतिष्ठानअन्तर्गत युद्ध अध्ययन संस्थानका उप–डिन मेजर जनरल नी सोंगलाई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।कार्यक्रममा कार्यवाहक राजदूत श्रीमती रोशन खनालले नेपाली सेनाले राष्ट्रिय सार्वभौमिकताको रक्षा मात्र नभई पूर्वाधार विकास, विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्य र सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताइन् । उनले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा नेपाली सेनाको सक्रिय भूमिकाका कारण विश्वस्तरमा शान्ति र सुरक्षाको प्रवर्द्धकका रूपमा नेपालले पहिचान बनाएको उल्लेख गरिन् । यस्तै नेपाल–चीनबीचको सैन्य सहकार्य मित्रता, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित रहेकोमा उनले जोड दिइन् ।
ADVERTISEMENT

