काठमाडौं । सवारी अनुमति पत्र लाइसेन्सको अभिलेखमा झुटो विवरण राख्ने दुई कर्मचारी र एक मतियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र पोखरामा सवारी चालक अनुमति पत्र वितरण गर्दा अनियमितता भएको उजुरीपछि अनसुन्धान गर्दा तत्कालीन प्रशासन अधिकृत शंकर थापा र तत्कालीन कम्प्युटर अपरेटर जगत ढकालविरुद्ध अख्तियारले आरोपपत्र दायर गरेको हो ।
उनीहरूले कार्यालयको अभिलेख बमोजिम हिमबहादुर बस्नेत थापाको नाममा ए र बी वर्गको पुरानो सवारी चालक अनुमति पत्र जारी नै नभएको जानकारी हुँदाहुँदै गैरकानुनी तरिकाले सच्याउने र हेरफेर गरेको अख्तियारको आरोप छ । त्यस्तै हिमबहादुर थापा बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कसुरजन्य कार्यको गैरकानुनी लाभ लिने प्रकृतिको मतियार भएको भन्दै कारबाहीको माग गरिएको छ ।
ADVERTISEMENT

