अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने
zeenepal
२०७९ आश्विन २३,
6
Shares
सर्लाही । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने भएका छन् ।अमरेशकुमार सिंह सर्लाही ४ का निवर्तमान सांसद हुन् ।कांग्रेसले सर्लाही ४ मा नागेन्द्र रायलाई टिकट दिएको छ ।पार्टीले अयोग्य व्यक्तिलाई टिकट दिएकाले आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन लागेको सिंहले बताए ।कांग्रेसको टिकट पाएका नागेन्द्र राय सर्लाही २ का बासिन्दा हुन् ।