काठमाडौं — सरकारले १७ बैशाखमा बोलाएको संसद् अधिवेशन स्थगित गरेको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि बोलाएको संसद् अधिवेशन स्थगित भएको सूचना जारी गरेका हुन् । सरकारकै सिफारिसमा ९ बैशाखमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम १७ बैशाखमा बिहीबारका दिउँसो १४:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।
राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/०८ गतेको सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४ :०० बजे संघीय संसद् भवन, सिहंदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/१० गतेको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसद्को दुवै सदनको उक्त अधिवेशन आहृवान हाललाई स्थगित गर्नु भएको छ ,’ विज्ञप्तिमा उल्लेख छ ।
ADVERTISEMENT

