काठमाडौं । गौशाला पिंगलास्थानमा ज्यान मार्ने धम्की दिँदै फिरौती लिने दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा धनकुटाको महालक्ष्मी नगरपालिका–७ घर भएका ३३ वर्षीय योगेन्द्र पौडेल र धनुषाको मिथिला नगरपालिका–८ घर भएका ४३ वर्षीय रवीन कोइराला छन् ।
उनीहरुलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो । उनीहरुले ४ जेठको साँझ साढे ६ बजे पिंगलास्थानमा डिजिटल स्टुडियो सञ्चालन गर्दै आएका ६० वर्षीय विष्णु न्यौपानेलाई कुटपिट गर्दै रकम असुलेको आरोप छ ।स्टुडियोमा रहेको २ लाख नगद समेत लिई बागमती करिडोरस्थित निलोपुलमा लगेर ५० हजार फिरौती माग गरिएको थियो । उक्त रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रहरीले बताएको छ ।फिरौती वापत ५० हजार रकम लिई यो दुई जनाको समूह त्यहाँबाट फरार भएको थियो ।
ADVERTISEMENT

