
सृजना र आविष्कारका प्रतीक “विश्वकर्मा” प्रतियोगितामा सहभागीले आ—आफ्नो राष्ट्र र विश्वविद्यालयको प्रतिनिधित्व गर्नेछन् । जसमा मुख्यतः नेपाल, भारत, बंगलादेश र पाकिस्तान बाट १८ वटा समुहले प्रतिस्पर्धा गर्नेछन् । खेल, मनोरञ्जन, सृजना र आविष्कारलाई एकमुष्ट प्रतिबिम्बित गर्ने यस प्रतियोगितामा प्रत्येक प्रतियोगी समूहले आफैले आविष्कार गरेको मानव नियन्त्रित रोबोट्स एक आपसमा भिडाई उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गर्नेछन्,’ अध्यक्ष शेर्पाले भने ।
प्रतियोगिताका मुख्य प्रायोजकहरू स्टिङ, राष्ट्रिय वाणिज्य बैंक र फ्याफुल्ला साउन्ड सिस्टम रहेका छन् । प्रतियोगिताको उद्घाटन र समापन समारोहमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस पदाधिकारी वा केन्द्रीय स्तरका नेतालाई आमन्त्रण गरिने शेर्पाले बताए ।साथै विशिष्ट अतिथिका एवं अतिथिका रूपमा विज्ञान, प्रविधि र नव प्रवर्तन क्षेत्रमा योगदान गरेका व्यक्तिहरूलाई आमन्त्रण गरिने उनले बताए ।