काठमाडौं असार। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।बिहीबार प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्याम्पस (आर.आ) अगाडी कालो ब्यानरसहित अखिल क्रान्तिकारीले प्रदर्शन गरेका हुन् ।
पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पार्टीलेसमेत अधिकारीको राजीनामा मागिरहेका छन् ।यता, नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ भने महाप्रसाद अधिकारीले आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् ।
ADVERTISEMENT