नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका भित्रका सामुदायिक कुकुरबाट फैलनसक्ने रेबिज जन्यरोग नियन्त्रणका लागि नगरमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरण शिबिर सम्पन्न भएको छ ।सामुदायिक कुकुरलाई बन्ध्याकरण गरि रेबिज बिरुद्धको खोप र सडक दुर्घटनाबाट जोगाउन रेडियम बेल्ट लगाएर छाडेको नेपालगञ्ज उपमहानगरपालिका पशु स्वास्थ्य सेवा शाखा प्रमुख लक्ष्मी शाहीले जानकारी दिईन । सो बन्ध्याकरणमा भालेकुकुर र पोथी कुकुरको बन्ध्याकरण गरिएको उनले बताईन ।यस कार्यका लागि उपमहानगरपालिकाले पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा कास्की, पोखरा फिल्ड अफिस–नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा ४ दिने सामुदयिक कुकुर बन्ध्याकरण शिबिर सञ्चालन गरिएको उनले बताईन ।
सो बन्ध्याकरणमा सक्रिय पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा कास्की, पोखरा फिल्ड अफिस–नेपालगञ्ज बाँकेका प्रमुख तथा पशु चिकित्सक डा. शुर्दशन भट्टराईले विहान नगरका विभिन्न स्थानमा पुगेर सामुदायिक कुकुर समात्ने र दिनभरी समातिएका सामुदायिक कुकुरको बन्ध्याकरण गरेर समाते कै स्थानमा छोड्ने गरेको बताए उनले सामुदायिक कुकुरहरुमा लुतो, किर्ना, उपियाँ, तथा बिभिन्न खालका टिउमर जन्य समस्या देखिएको बताए । बन्ध्याकरणको बेलामा सामुदायिक कुकुरहरु देखिएका समस्याको उपचार गरको जानकारी दिए ।भेटनरी अस्पताल तथा विज्ञ सेवाकन्द्र नेपालगञ्जका निमित्त प्रमुख डा गणेश बहदुर पुनले नेपालगञ्ज उपमहानगरले सामुदायिक कुुकुरलाई एन्टिरेबिज भ्याक्सिन, रेडियम बेल्ट लगाउदै र बन्ध्याकरण गरेर छाड्ने कार्यक्रमले रेबिजबाट जोगिन सहज भएको बताए ।उपमहानगरले सामुदायिक कुकुरलाई उपमहानगरका २३ वटै वडाका विभिन्न टोलबाट नियन्त्रणमा लिईएका २ सय ८१ सामुदायिक कुकुरको बन्ध्याकरण, रेबिज बिरुद्धको भ्याक्सिन र रेडियम बेल्ट लगाई छाडिदा रेबिजबाट जोगिनुको साथै सामुदायिक कुकुरका कारण हुने सडक दुर्घटना न्यूनिकरण हुने विश्वास गरिएको छ ।
ADVERTISEMENT

