काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री बालेन शाहको कुनै सम्बन्ध नरहेको बताएका छन् ।सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।सभापतिज्यू आफ्नै ढंगले जाँदै हुुनुहन्छ । प्रधानमन्त्रीज्यूको त्यससँग केही सम्बन्ध छैन,’ उनले भने ।उनले प्रधानमन्त्री शाह अहिले भारत मात्रै नभइ अन्य कुनै पनि देशको भ्रमणको तयारीमा नरहेको प्रष्ट पारे ।सरकारको पहिलो प्राथमिकता सुरुका सय दिनमा गरिने काममै रहेकाले अहिले भ्रमणमा प्राथमिकता नरहेको जिकिर उनले गरे ।
ADVERTISEMENT

