काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीले देशको खाद्य सुरक्षा र जैविक विविधता सुशासनका योजना अनिवार्य रूपमा लैङ्गिक उत्तरदायी हुनुपर्नेमा जोड दिएकी छन् । प्राकृतिक स्रोत महिला अधिकार सञ्जाल र कृषि तथा खाद्य सङ्गठन नेपालको संयुक्त आयोजनामा मंगलबार योजित ‘लैङ्गिक उत्तरदायी खाद्य सुरक्षा र जैविक विविधता सुशासनको प्रवर्द्धनमा संसदीय संवाद’ विषयक एक दिने कार्यक्रममा भण्डारीले यस्ताे बताएकी हुन् ।
ADVERTISEMENT

