काठमाडौं २३ असार। बाजुराको बूढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा विवादको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ ।मतदान गर्न १०/१० जना गरेर भित्र पठाउने क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएको हो ।बाजुराका
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले अनलाइनखबरसँग भने, ‘विवाद भएपछि स्थितिलाई अप्रिय हुन नदिन प्रहरीले हवाइ फायर गरेको हो, अहिले शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।’ उनका अनुसार घटनापछि केहीबेर रोकिएको मतदान १२:३५ देखि पुनः सुरु भएको छ ।
गत ३० वैशाखमा भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर पुनः अहिले मतदान भइरहेको छ । अहिले १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वको टोली परिचालन गरिएको छ ।
ADVERTISEMENT