
उनले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सगरमाथा आरोहण गरेका थिए । तामाङले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम राख्न सफल भएका थिए । मूल घर सिन्धुपाल्चोक रिस्याङ्खु भएका तामाङ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका थिए ।