केएल दुगड समूहले ल्यायो ज्ञान मखाना, खिरसहित विभिन्न स्वादिष्ट मिठाई र परिकार बनाउन मिल्ने
zeenepal
२०७९ असार ३०,
3
Shares
काठमाडौँ असार। केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा भित्र्याएको छ । केएल दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि बिक्री गर्दै आएको छ ।
खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परीक्षण गरी उपभोगको लागि योग्य रहेको कम्पनीले दाबी गरेको छ । लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको बताइएको छ ।
उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिन्छ । मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान पनि सकिने कम्पनीले जनाएको छ । यो खीरसहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न मिल्ने बताइएको छ । ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २०० ग्राम प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।