नेपालगञ्ज,१७ साउन । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको आह्वानअनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिबाट उद्योगीहरूको प्रतिनिधित्व हटाउने निर्णयको विरोधमा नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघको समन्वयमा शुक्रवार नेपालगञ्ज औद्योगिक क्षेत्रमा शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न गरिएको छ । महासंघले घोषणा गरेको पहिलो चरणको आन्दोलनअन्तर्गत औद्योगिक क्षेत्रमा रहेका उद्योग तथा प्रतिष्ठानहरूमा कालो झण्डा राखेर सरकारको निर्णयप्रति असहमति जनाइएको हो ।
विरोध कार्यक्रममा नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योगी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको नेतृत्व नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघका अध्यक्ष अब्दुल बाहिद अन्सारी र सचिव शरद प्रसाद रिजालले गर्नुभएको थियो। सहभागी उद्योगीहरूले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिबाट उद्योगीहरूको प्रतिनिधित्व हटाउने निर्णय उद्योगीहरूको अधिकार, सहभागिता र हितविपरीत भएको भन्दै उक्त निर्णय तत्काल सच्याउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
ADVERTISEMENT

