जनकपुरधाम। मधेश प्रदेश सरकारले रसुवामा आएको विनाशकारी बाढीबाट मृत्यु भएका आफ्ना प्रदेशका नागरिकका परिवारलाई तत्काल एकलाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । तत्काल आवश्यक खर्च व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गराइने मधेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए ।
ADVERTISEMENT

