काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माणमा जोड दिनुपर्ने पाठ सिकाएको बताएका छन् । मंगलबार सिंहदरबास्थित मन्त्रालय स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका पदाधिकारीहरूसँगको छलफल तथा सहयोग हस्तान्त्ररण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जलवायुजन्य विपद्को सामना गर्नसक्ने तथा भौगोलिक बनावटलाई समेत मध्यनजर गरेर पूर्वाधार निर्माण गर्नुपर्ने अबको आवश्यकता रहेको पनि उनले बताए । भोटेकोशी–त्रिशूली करिडोरको भौगोलिक बनावट र प्रतिकूल मौसमी अवस्थाका कारण विपद्को जोखिम उच्च रहेको उल्लेख गर्दै देशका अन्य मुख्य करिडोरमा पनि यस्तै बाढी आए ठूलो क्षति हुनसक्ने समेत बताए ।
‘जलवायु परिवर्तनको असरको कारणले भोटेकोशी–त्रिसूली करिडोरमा जे भयो, हाम्रा अन्य मुख्य करिडोरमा यस्तो भयो भने कस्तो खालको क्षति हुन्थ्यो होला ? त्यहाँ गएर हेर्दाखेरी भौगोलिक बनावट र परिस्थिति नै त्यस्तै छ । प्राकृतिक मौसमको प्रतिकुलताहरू पनि निकै चुनौतीपूर्ण छ । त्यसकारण अब हामी पूर्वाधार निर्माण गर्दा पनि क्लाइमेट रेजिलेन्स स्ट्रक्चरदेखि लिएर सबै कुरामा पुवर्विचार गर्नुपर्ने ठाउँमा आइपुगेका छौं,’ उनले भने ।मन्त्री श्रेष्ठले अब पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तनका सम्भावित प्रभावलाई पूर्वानुमान गरी त्यसअनुसार संरचना निर्माण निर्माण गर्नुपर्ने पनि बताए । विपद्का समयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानले सरकारसँग गरेको समन्वय र सहकार्यको प्रशंसा गर्दै नीतिगत सुधार र भविष्यका सम्भावनाको खोजीमा समेत सहकार्य आवश्यक रहेको उनले बताए । हामीबीच वैचारिक भिन्नताहरू पनि हुन्छन् । सबै चिज हुन्छ । तर यो अवस्थामा हामी सबै सँगै छौँ भन्ने सन्देश राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय जगतलाई दिनुपर्छ जस्तो लाग्छ । अहिले सरकारले जलविद्युत आयोजनाका सुरुङ र टनेलमा फस्नुभएका नागरिकको खोज र उद्धारमा निजी भनेको छ । यो पटक राज्यको प्राथमिकता र व्यवहार समेत समान छ,’ उनले भने ।
ADVERTISEMENT

