काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले दुई दिने भारतको राजकीय भ्रमणमा विकसित भारत र समुन्नत नेपालमा साझेदारीमा ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण साझेदारी गर्ने सहमति भएको छ । भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त दृष्टिकोण दस्ताबेजमा ऊर्जा क्षेत्रमा द्विपक्षीय साझेदारीलाई थप प्रभावकारी बनाउने जनाएको छ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबिच ऊर्जा, जलस्रोत, जलवायु उत्थानशीलता र सुशासनका क्षेत्रमा दीर्घकालीन एवं बहुआयामिक सहकार्य गर्ने सहमति भएको छ ।
ADVERTISEMENT

