पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभाग उद्घाटन
zeenepal
२०८१ माघ ३,
12
Shares
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभाग उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज उक्त विभागको उद्घाटन गरेका हुन् ।१७ करोड लागतमा निर्माण भएको यो भवनको तल्लो तलामा इमरजेन्सी उपचार हुनेछ भने माथिल्लो तलामा एमबीबीएस पढाइ हुनेछ ।२०७७ सालमा शिलान्यास भएको यो भवन अहिले निर्माण सम्पन्न भएको हो ।