![](https://zeenepaltv.com/wp-content/uploads/2022/07/suchana-aayog_F3JxT1GFma.jpg)
यस अवधिमा ४ वटा सार्वजनिक निकायले सूचना उपलब्ध गराउन आदेश गर्दासमेत सूचना उपलब्ध नगराएकोले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम कारबाही गरिएको आयोगको भनाई छ । कारबाही गरिएका मध्ये पद्मकन्या बहुमुखी क्याम्पसका कार्यालय प्रमुख डा.धनप्रसाद पण्डितलाई १५ हजार, पशुपति क्षेत्र विकास कोषका कार्यालय प्रमुख डा.घनश्याम खतिवडालाई १५ हजार, धरान उपमहानगरपालिकाका कार्यालय प्रमुख लक्ष्मीप्रसाद पौडेललाई १० हजार र राजपुर नगरपालिकाका कार्यालय प्रमुख बैजु ठाकुरलाई १० हजार रहेको छ । २०७६ कार्तिकसम्म जम्मा २१ जनालाई कारबाही भएकोमा पछिल्लो २ वर्षको अवधिमा ११ जनालाई कारबाही भई हालसम्म ३२ जनामाथि आयोगबाट कारबाही भएको अवस्था छ ।