नेपालगंज भाद्र ।लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री तथा खजुरा प्रदेश प्रबिधिक विश्वबिद्यालयका कुलपति कुल प्रसाद केसीले बाँकेको खजुरामा प्रदेश प्रबिधिक विश्वबिद्यालयका लागि प्रस्ताव गरिएको जग्गाको स्थलगत अवलोकन गरेका छन् । खजुरा गाँउपालिकाबाट विश्वबिद्यालयका लागि प्रस्ताव भएको ११० बिगाहा जग्गाको अवलोकन गर्दै मुख्यमन्त्री केसीले छिट्टै विश्वबिद्यालय संचालनमा आउने बताए ।उनले तत्कालका लागि सोही स्थानमा रहेको जनकशिक्षा सामाग्रीले छापाखानाका लागि बनाईएको भवनको पनि अवलोकन गरे । हाललाई बिश्वबिद्यालयको केन्द्रीय कार्यालय राख्ने तयारी गरिएको सो भवन मरमत गरि कार्यालय संचालनमा ल्याईने उनले बताए ।
भवन मरमत नहुँदा सम्म डिभिजन बन कार्यालय नेपालगन्जमा अल्पकालका लागि कार्यालय खुल्ने जानकारी दिँदै यथासिघ्र खजुराबाटै प्रशासनिक कार्यालय कार्यान्वयनमा आउने पनि मुख्यमन्त्री केसीले बताए ।विशेष अनुदानको रकमबाट भएपनि भवन मरमत र जनक शिक्षाबाट भोगाधिकार ल्याउने काम हुने मुख्यमन्त्री केसीले आश्वासन दिएको नेकपा माओवादी केन्द्रका खजुरा गाँउ कमिटीका अध्यक्ष राजकुमार बिकले जानकारी दिए ।
विश्वबिद्यालयका लागि आवश्यक जग्गाको प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै संघीय मन्त्रिपरिषदबाट विश्वबिद्यालयको नाममा जग्गा प्राप्त हुने खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिक तुफानले बताए ।लुम्बिनी प्राविधिक बिश्वबिद्धालय संचालनका लागि खजुरा ८रनियापुरमा संभावित जग्गाको निरिक्षण गर्न माननीय मुख्य मंत्री कुल प्रसाद केसी माननीय संघिय संसद पुर्णा कुमारी सुवेदी प्रदेश शिक्षा मन्त्री . प्रदेश संसद आइपी खरेल ,खजुरा गाउँ पालिका अधयक्ष डम्बर बि क तुफान उपाधयक्ष मन्जु मल्ल सहित टोली द्वारा संयुक्त निरिक्षण गरेका थिए।
ADVERTISEMENT