काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसद्को पाँच वर्षे कार्यकाल राम्रो नभएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद्को पाँच वर्षे कार्यकाल अघिल्लो निर्वाचनपछि अनुमान गरिए अनुरूप नभएको बताएका हुन् ।उनले केही नेताहरूको चरम व्यक्तिवाद र अहंकारका कारण मुलुक अन्योलको दिशातर्फ गएको बताए ।
अध्यक्ष नेपालले राष्ट्रको विकास र सुशासनको दृष्टिले संसद्को पाँच वर्षको कार्यकाल राम्रो नभएको बताए । उनले देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडी नबढ्नुले आफू चिन्तित रहेको पनि बताए ।
ADVERTISEMENT