
नेपालमा युवाको जनसंख्या ४०.३५ प्रतिशत रहेको भन्दै बस्नेतले भनेका छन् -' आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार वनाउन सवै राजनीतिक दल र अन्य सम्वद्ध निकायलाई विशेष अपिल गर्दछौं ।' गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ४१.१४ प्रतिशत ४० वर्षमुनिका युवा निर्वाचित हुनुलाई परिषदले निकै स्वागतयोग्य र सकारात्मक कदमको रुपमा लिएको कार्यकारी उपाध्यक्ष बस्नेतले बताएका छन् ।