नेपालगञ्ज :प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता योगेश भट्टराईले नागरिकता विधेयकले मुलुकलाई विभाजित गर्ने काम गरेको बताएका छन्। ‘नागरिकता विधेयकका विषयमा फरक–फरक तर्क आइरहेका छन्, यो विधेयकले मुलुकलाई नै विभाजित गर्ने काम गरिदियो,’ प्रेस चौतारी बाँकेले शुक्रबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा भने।
राष्ट्रपति पद संविधान भन्दापनि माथी हुने तर्क गर्दै एमाले सचिव समेत रहेका नेता भट्टराईले राष्ट्रपतिबाट राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने काम भएको दाबी गरे। ‘नागरिकता विधेयकमा राष्ट्रपतिले राष्ट्रिय एकताको प्रर्वद्धन गर्ने काम गर्नुभयो, विगतमा पनि प्रधानसेनापति प्रकरणमा यसरी नै तत्कालिन राष्ट्रपतिले नेपाली सेनाको अस्तित्व जोगाउने काम गर्नु भएको थियो,’ उनले थपे ‘राष्ट्रपतिको भुमिका संविधानभन्दा राष्ट्र माथी हुन्छ, अहिले पनि राष्ट्रपतिले राष्ट्रलाई पहिलो प्राथमिकता दिनु भएको हो। ’
सञ्चारकर्मीको जिज्ञासामा भट्टराईले आगामी मंसिरमा निर्वाचित भएर आउने नयाँ प्रतिनिधी सभाले नागरिकता विधेयकलाई नयाँ ढंगले अगाडी बढाउने बताए। ‘त्यो बाहेक अर्को विकल्प नै छैन नागरिकता विधेयकका विषयमा फरक फरक तर्क आइरहेका छन्, यो विधेयकले मुलुकलाई नै विभाजित गर्ने काम गरिदियो,’ उनले भने । राष्ट्रपति पद संविधान भन्दापनि माथी हुने तर्क गर्दै नेता भट्टराईले राष्ट्रपतिबाट राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने काम भएको दाबी गरे ।
‘नागरिकता विधेयकमा राष्ट्रपतिले राष्ट्रिय एकताको प्रर्वद्धन गर्ने काम गर्नुभयो, विगतमा पनि प्रधानसेनापति प्रकरणमा यसरी नै तत्कालिन राष्ट्रपतिले नेपाली सेनाको अस्तित्व जोगाउने काम गर्नु भएको थियो,’ उनले थपे ‘राष्ट्रपतिको भुमिका संविधानभन्दा राष्ट्र माथी हुन्छ, अहिले पनि राष्ट्रपतिले राष्ट्रलाई पहिलो प्राथमिकता दिनु भएको हो ।
ADVERTISEMENT