सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर भिड्ने पक्का भएको छ ।डा. राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् । ‘अध्यक्षले क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिनुहुन्छ’ जसपा प्रवक्ता मनिष सुमनले भने । उम्मेदवारी दर्ता गराउन यादव दिउँसो ३ बजेपछि जाँदैछन् ।
ADVERTISEMENT