नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १० भृकुटीनगरस्थित दिवाकर बिक्रम मल्लको घरमा बम बिस्फोट हुदा दुईजना गम्भीर घाइते भएका छन् ।बुधबार बेलुकी ८ः१० बजेतिर घरभित्र बम बिस्फोट हुँदा सोही घरमा डेरागरी बस्ने सल्यानका डिल्लीबहादुर डिसी क्षेत्री र कैलालीका धर्मराज सुनार घाइते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घाइते सुनार र क्षेत्री नेत्रबिक्रम चन्द नेतृत्वको विप्लप समुहका कार्यकर्ता रहेको र उनीहरुले बम बनाउने क्रममा सो बिस्फोट भएको जनाएको छ ।सो बिस्फोटमा परेर घाइते सुनार र क्षेत्री विप्लव समुहका विद्यार्थी संगठन आबद्ध रहेका क्षेत्री बाँके जिल्ला अध्यक्ष रहेको र सुनार संगठनका कार्यकर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता रामप्रसाद घर्ती मगरले जानकारी दिए । उनीहरुको कोठाबाट प्रहरीले चन्दा ठेली तथा आवश्यक कागजपत्र समेत बरामद गरेको जनाएको छ ।
घाइते दुबै जनाको भेरी अस्पताल नेपालगञ्जमा प्रारम्भिक उपचार भई थप उपचारको लागि नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बम बनाउने कार्यमा संलग्न अन्य ३ जना फरार भएको प्रहारीले जनाएको छ ।सो घरमा निर्माण भईसकेको दुईथान बम र बम बनाउन सामाग्री बरामद गरेपछि नेपाली सेनाको बज्रदल गण राँझाबाट आएको टोलीले पहिलो बम १० बजे ४० मिनेटमा र दोस्रो बम ११ बजे ९ मिनेटमा डिस्पोज गरेको थियो । निर्वाचनलाई बिथोल्ने उद्देश्यले लक्षित गरी सो बम विष्फोट गराईएको हुनसक्ने आशंका गरिएको छ ।