काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको आरोप लगाएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धन काठमाडौं-२ द्वारा बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले परमादेशबाट बनेको सरकार भनेर ओली एण्ड कम्पनीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको टिप्पणी समेत गरे ।तत्कालीन एमाले र माओवादी केन्द्रको सहकार्यमा मात्रै २०७४ सालको निर्वाचनमा जनताले बहुमत दिएको सत्यलाई समेत ओलीले अस्वीकार गरेर झुट प्रचार गरिरहेको अध्यक्ष नेपालको भनाइ थियो ।
उनले जनताले दिएको मतलाई स्वीकार गरेर सरकार चलाउन नसक्ने ओलीलाई आसन्न निर्वाचनमा पराजित गराउन पनि आम मतदातालाई अपील गरे ।
ADVERTISEMENT

