कपिलवस्तुबाट एमालेका लामिछाने प्रदेशसभामा निर्वाचित
zeenepal
२०७९ मंसिर ८,
3
Shares
कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार नवराज लामिछाने निर्वाचित भएका छन् ।उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विक्रम थापालाई ५८२ मतान्तरले पराजित गरेका हुन् । लामिछानेले २१ हजार १३६ मत पाउँदा थापाले २० हजार ६१४ मत ल्याए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका गितेन्द्रमणि शुक्ल १ हजार ९२ मत पाउँदै तेस्रो स्थानमा रहे ।