
तालिममा व्यवसायीहरूलाई विद्यमान रहेका कानुन, व्यवसायीहरूको नैतिकता, अन्तर्राष्ट्रिय अभ्यास लगायतका विषयमा जानकारी गराइने उनको भनाई छ ।तालिमको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै श्रम रोजगार सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले तालिमबाट व्यवसायीहरूलाई धेरै राहत मिल्ने बताए ।
तालिममा व्यवसायीका समस्या र अबको वैदेशिक रोजगारी कसरी समय सापेक्ष बनाउन भन्ने विषय छलफल हुनेछ । त्यस्तै व्यवसायीहरूबाट ठगिँदै आएका नेपाली श्रमिकका समस्या कसरी समाधान गर्ने भन्ने विषयमा समेत सरकारी अधिकारीहरू र व्यवसायीबीच छलफल हुने उप्रेतीले बताए ।