काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने बताएका छन् । आइतवार समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा सदस्य राणाले संसदमा भ्रष्टाचार र घुसखोरीका विरुद्धमा आवाज उठाउने बताएका हुन् ।
उनले संसदमा आफूहरुको राष्ट्रवादी भूमिका हुने उल्लेख गरे । उनले देशलाई अरुले धेरै तल झारेको भन्दै आफूहरुले संसदबाट नेपाल र नेपाली जनतालाई माथि पु¥याउने बताए । त्यस्तै नेकपा (एमाले) को तर्फबाट बागमती प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य डा. दिनेश देवकोटाले प्रदेशलाई सबलीकरण गर्नका लागि आफूले भूमिका खेल्ने बताए । उनले भुँइका मानिसहरुलाई माथि उठाउने गरी काम गर्ने बताए ।
उनले देशमा हुने सबै प्रकारको समस्या समाधानका लागि आफूहरु लागिपर्ने बताए ।
ADVERTISEMENT

